भाद्र १२, इटहरी । माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’वाइन बजारमा आउँने भएको छ । धनकुटाको किबी फलबाट उत्पादन भएको वाईन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको हो । केहि दिनमै नेपालको प्रमुख सहरहरु सँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको छ ।
किबी र धनकुटामै उत्पादन भएको फलफूल बाट बनाइएको अर्गानिक प्रिन्सेस वाईनको पूर्वी नेपाल सँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ । नेपालको प्रमुख सहरहरुमा व्यापार केन्द्रित गर्दै जापान सम्म लैजाने तयारीमा रहेको कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले बताए ।