म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौंँ । म्यानचेस्टर सिटीले लिग कप (इएफएल वा कारवाओ कप) को उपाधि जितेकेको छ । चेल्सीलाई पेनाल्टीमा स्तब्ध पार्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।

आइतबार राति चेल्सीको मैदान वेम्बलीमा भएको खेलमा निर्धारित र थप गरिएको समयको खेलमा दुवै तर्फबाट गोल भएन । खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिनु पर्‍यो ।

पेनाल्टीमा म्यानचेस्टर सिटीले चेल्सीलाई ४–३ ले हराएको हो । चेल्सीका प्रशिक्षक माउसिजिओ सारीले गोलरक्षक केपा एरिजाबलागाको ठाउँमा अर्का गोलरक्षक ल्याउन चाहन्थे तर केपाले अस्वीकार गरे । यो खेल केपाले सारीलाई दिएको च्यालेन्जका लागि सम्झना हुनेछ ।

स्पेनिस किपर केपालाई चेल्सीले क्लबको कीर्तिमानी मूल्य ७१ मिलियन पाउण्डमा अनुबन्धित गरेको हो । उनी अतिरिक्त समयको अन्त्यतिर केही कमजोर परेको देखिएको थियो ।

अतिरिक्त समयको अन्त्यतिर सारी उनको ठाउँमा विली काबालेरोलाई पठाउन चाहन्थे । विलीले सन् २०१६ मा म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि जित्ने क्रममा फाइनलमा लिभरपुलका तीन पेनाल्टीमा गोल हुन दिएका थिएनन् ।

केपा मैदान छोडेर आउन मानेनन् र सारी आफ्नो निर्णय लागु गर्न असफल रहे ।

सिटीका लागि रहिम स्ट्रलिङ्गले पेनाल्टीमा विजयी गोल गरे । त्यसअघि इल्के गुण्डोगान, सर्जियो अग्युरो र बर्नार्डो सिल्भाले गोल गरेका थिए । केपाले लिरोय सानेको प्रहार बचाए । चेल्सीका एडर्सन र डेविड लुइजको प्रहार सिटीका गोलरक्षकले बचाए ।

ताजा अपडेट

खोजी गर्नुहोस