जेठ ९, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताएकी छिन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कको सहकार्यमा सुरु गरेको “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
मन्त्रालयले महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग, समुदायका व्यक्तिलाई समेट्नुपर्ने मन्त्री चौधरीले बताएका थिए । ‘जो थिचोमिचोमा परेका छन्, सीमान्तकृत समुदायका वर्ग तथा समुदायलाई समेट्नुपर्छ । अहिले ६ वटा पालिकामा यो परियोजना सञ्चालन भएको छ । यसलाई अझ बिस्तार गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन् ।
यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग, तराई(पहाड फास्ट ट्रर्याकले छुने पालिकाहरू, सिमाना क्षेत्रका वर्ग, समुदायका उत्पीडित, सीमान्तकृत महिलाहरूलाई कार्यक्रम लक्षित गर्नुपर्ने उनले बताईन् ।