विरेन्द्रनगर नगरपालिकामा परियोजना निर्माणको लागि त्रिपक्षीय सम्झौता सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २८,सुर्खेत । सुर्खेत जिल्लाको जिल्लाको विरेन्द्रनगर नगरपालिकामा फोहरबाट ऊर्जा परियोजना निर्माणको लागि सम्झौता सम्पन्न भएको छ । परियोजना निर्माणको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विरेन्द्रनगर नगरपालिका तथा परियोजना निर्माणकर्ता कम्पनी (के.पी. व्यवसायिक सेवा प्रा.लि. ) बीच मिति २०७६ फागुन २७ गते खुमलटार ललितपुर स्थित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालयमा त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, विरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देव कुमार सुबेदी तथा आयोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले हस्ताक्षर गर्नुभएको छ । कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन गरिनेछ । उत्पादित ग्यासलाई पाइपलाइन मार्फत वितरण गरिनेछ । परियोजनाबाट करीब १३०० घरधुरी लाभान्वित हुनेछन् । परियोजनाको कूल लागत १४ करोड १५ लाख ६२ हजार रहेको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन केन्द्रको प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरिसकेको छ ।

विश्व बैंक समेतको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम (Scaling up Renewable Energy Programme-SREP) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत (५ करोड ६६ लाख २४ हजार ८ सय) अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालन पश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नेछ । परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था विरेन्द्रनगर नगरपालिकाले गरेको छ । परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट संकलन हुने गोबर तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर समेत उपयोग गरिनेछ ।

क्षमता अनुसारको उत्पादन तथा प्राविधिक गुणस्तरमा जोड दिनुपर्ने : कार्यकारी निर्देशक अधिकारी

कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले परियोजनाको क्षमता अनुसारको उत्पादन तथा प्राविधिक पक्षमा जोड दिनुपर्ने बताए । साथै कार्यकारी निर्देशक अधिकारीले परियोजनाको उपकरण आयात गर्नुपर्ने भएकोले उपकरणहरुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने, परियोजनाको क्षमता अनुसार उत्पादन हुने ग्यारेन्टी गरेर मात्र आयोजनाको सामाग्री खरीद प्रक्रिया अघि बढाउनुपर्ने बताए । साथै यस्ता परियोजनाहरु निर्माण गर्दा वातावरणीय तथा सुरक्षात्मक उपायहरुलाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने उनले बताए । नगरपालिकाको फोहरबाट ऊर्जा परियोजना तथा व्यवसायिक ठूला बायोग्यास परियोजनाको संख्यामा वृद्धिसँगै यस क्षेत्रमा कार्य गर्ने दक्ष सेवा प्रदायक कम्पनी तथा जनशक्तिको आवश्यकता रहेको उनले औल्याए । साथै यस्ता प्लान्टका निर्माण चरणदेखि नै नगरपालिकाले प्राविधिकहरुलाई संलग्न गराइ भविश्यको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्र्नेे सुझाव दिए । परियोजना निर्माणको लागि कम्पनी छनौट भइसकेकोले १ वर्षभित्र परियोजना निर्माण सम्पन्न हुने केन्द्रका बायो इनर्जी शाखा प्रमुख मुकेश घिमिरेले बताए ।

परियोजनालाई एकीकृत ढाँचामा कार्यान्वय गरिने : नगर प्रमुख सुबेदी

विरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देव कुमार सुबेदीले यस परियोजनाले नगर सफा राख्न सघाउ पु¥याउनुको साथै छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत सघाउ पु¥याउने भएकोले परियोजना बहुउपयोगी तथा एकीकृत ढाँचामा आधारित रहेको बताए । लामो प्रयासपछि परियोजनाको सम्झौता गर्न सफल भएको बताउँदै परियोजना समयमै सम्पन्न गर्नको लागि नगरपालिकाले कार्य गर्ने उनले बताए । साथै परियोजनाबाट छाडा गाइवस्तु र फोहरको समस्या दीर्घकालीन रुपमा समाधान हुने अपेक्षा रहेको बताउँदै निजी क्षेत्रले आयोजनाको उपकरण खरीद र दीगो रुपमा सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताए । साथै कर्णाली प्रदेशमै पहिलोपटक निर्माण हुन लागेको यस परियोजना निर्माणबाट कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत सघाउ पुग्ने उनले बताए ।

परियोजना समयमै सम्पन्न गरिने परियोजना निर्माणकर्ताको प्रतिबद्धता

परियोजना निर्माण कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यवसायिक रुपमा बिक्री गर्र्न सकिने सम्भाव्यता देखेर परियोजनामा लागनी गर्न लागिएको बताए । परियोजना प्रतिको आफ्नो जिम्मेवारीलाई बुझेरै परियोजनामा लगानी गर्न लागिएकोले तोकिएकै समयमा परियोजना निर्माण सम्पन्न गरिने बताउनुभयो । साथै परियोजना निर्माण को अवधिमा नगरपालिका तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट आवश्यक सहयोग हुने अपेक्षा गरेको समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस