अनावश्यक सञ्चयले ग्याँसको कृत्रिम अभाव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाडौं । पछिल्लो दुई साता यता बजारमा खाने पकाउने ग्याँसको अभाव हुन थालेको छ । कोरोना भाइरसको त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्याँस भरेर राख्न थालेपछि बजारमा ग्याँस अभाव हुन थालेको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उपभोक्ताले आवश्यकताभन्दा बढी खाली सिलिन्डर भर्न थालेपछि नेपाल ग्याँस आपूर्तिमा समस्या देखिएको बताए । बजारमा नेपाल ग्याँस प्रयोग गर्ने उपभोक्ता धेरै हुँदा एकपटक माग बढेपछि नेपाल ग्याँसलाई मागअनुसार आपूर्ति गर्न केही समस्या भएको पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस