फाल्गुण ३०, काठमाण्डौ । साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्यमा भारी गिरावट आएको छ । आज शुक्रवार एकै दिन सुनमा ३ हजारले गिरावट आएको हो ।
हिजो बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज शुक्रवार प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोवार भइरहेको छ । त्यस्तै,चाँदीको मुल्यमा पनि गिरावट आएको छ ।चाँदी बिहीबारको तुलनामा ४० रुपैयाले घटेर प्रतितोला ८ सय २० रुपैयामा कारोबार भइरहेको छ ।