सेयर बजारमा सुधार, नेप्से १०.७५ अंकले वृद्धि हुँदा १ अर्ब ७ करोडको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १, सोमबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १० दशमलव ७५ अंकले बढेको छ । हिजो १७ दशमलव ३३ अंकले घटेको परिसूचक आज झण्डै ११ अंकले बढेर १४ सय २ दशमलव २१ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । हिजो परिसूचक १७ दशमलव ३३ अंकले घटेको थियो । आज जलविद्युतबाहेक सबै समूहको उप–सूचक बढेका छन् ।

सबैभन्दा धेरै नीर्जीवन बीमा कम्पनी समूहको उपसूचक १६२ दशमलव १३ अंकले बढेको छ । आज दिनभर १८४ कम्पनीका १ अर्ब रुपैयाँभन्दा धेरैका ३५ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम हिजोको तुलनामा कम हो ।

हिजो १ अर्ब २५ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ७ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । चाँदनी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ४ प्रतिशत गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस