रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ खुल्यो, कति भर्ने ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ४, बिहिबार (४ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

भाद्र ४,काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र समाज लघुवित्तको आइपीओ खुलेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको आइपीओमा आवेदन खुलेको हो । कम्पनीले निष्काशित सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यस आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरु न्यूनतम १० कित्तादेखि धिकतम ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
रिलायन्सको आइपीओ बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । मेरो शेयरबाट र सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग पाएको थियो ।

त्यस्तै, समाज लघुवित्त वित्तिय संस्थाले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन भएको छ । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको हो । लघुवित्तको एक हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

सर्वसाधारणले लागि भने बाँकी ८० हजार ७०० कित्ता छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
छिटोमा भदौ ८ गते निष्काशन बन्द हुनेछ । समाज लघुवित्तको आइपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई प्रबन्धक नियुक्त गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस