भाद्र ४, काठमाडौँ । विहिबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । बुधबार स्थिर रहेको सुनको मुल्य विहिबार एकै दिन तोलामा १६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहिबार सुन प्रति तोला ९८ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै विहिबार चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार विहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भइरहेको छ ।