निषेधाज्ञामा खाद्यान्नको समस्या नहुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ६, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । सरकारले निषेधाज्ञामा समस्या नहुने गरी खाद्यान्न मौज्दात रहेको दाबी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चामलमात्रै ९५ हजार २ सय ३९ मेट्रिक टन माज्दात रहेको छ । मन्त्रालयका अनुसार मौज्दात निजी क्षेत्रसँग ८५ हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग १० हजार २ सय ३९ मेट्रिक टन रहेको छ ।

सरकारले साल्ट ट्रेड्रिङमा १लाख ३५ हजार १ सय ९४ मेट्रिक टन नुन मौज्दात रहेको पनि उल्लेख गरेको छ ।
चिनी भने १५ हजार ९ सय ४७ मेट्रिक टन मात्र रहेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार दाल तथा गेडागुडी २० हजार मेट्रिक टन र खाने तेल ७५ हजार ४ सय ५० मेट्रिक टन मौज्दात रहेको छ ।

यसैगरी फापर ५८ क्विन्टल दाल तथा गेडागुडी २० हजार टन र खानेतेल ७५ हजार ४ सय ५ टन मौज्दात रहेको छ ।
विभिन्न जिल्लामा निषेधाज्ञा जारी भए पनि र अहिले पनि खाद्य पदार्थ आयात भई नै रहेकाले बजारमा खाद्यान्नको अभाव नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस