भाद्र १२, काठमाण्डौ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कायम छ। बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको सुन आज ७ सयले घटेको हो । त्यसैगरी चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अघिल्लो दिनको भन्दा प्रतितोला ५ रुपैयाँले कम हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ ।