नेप्सेमा सुचिकृत कम्पनीको मर्जर प्रक्रियालाई अब सेवोनले पनि नियमन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १२, शुक्रबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत कम्पनीहरु एक आपसमा मर्ज हुन पाउने भएका छन् । नेपाल धितो बोर्डले एउटै प्रकृतिका सुचिकृत कम्पनीहरु एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने गरि निर्देशिकाको मस्यौदा जारी गरेको छ । त्यो निर्देशिका जारी भएपछि नेप्सेमा सुचिकृत कम्पनीहरु एक आपसमा मर्ज हुन सक्ने छन् ।

हाल सम्बन्धीत कम्पनीहरुको नियामक निकाय मार्फत तथा कम्पनी ऐनअनुसार कम्पनीहरु मर्ज हुदैं आएका छन् । तर, धितो बोर्ड मार्फत नै व्यवस्था नहुदाँ उनीहरुको शेयर कारोबारमा समस्या आउने गरेको थियो । अन्तरराष्ट्रिय बजारमा पनि शेयर बजारमा सुचिकृत कम्पनीहरुको मर्जर सम्बन्धी नियमन शेयर बजारको नियामक निकायले नै गर्छ । सोहीअनुसार नै बोर्डले नै मर्जर सम्बन्धी निर्देशिका निकाल्ल लागेको हो ।

बोर्डले आवश्यक राय सुझावका लागि उक्त निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको हो । अब आवश्यक राय सुझाव आएपछि बोर्डले निर्देशिका निकाल्ने छ । यो निर्देशिका आए पछि नेप्सेमा सुचिकृत कम्पनीको मर्जर प्रक्रियालाई नेप्सेले पनि नियमन गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस