पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा नेपाल–भारतबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • ९१ पटक पढिएको
पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा नेपाल–भारतबीच सम्झौता

जेठ १,काठमाडौँ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारण लाइनबाट बिजुली लैजान सम्झौतापत्रमा हिजो काठमाण्डौमा भएको कार्यक्रमकाबीच हस्ताक्षर भएको हो ।

एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रशारण लाइन प्रयोग गर्नेगरी लैजाने सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितिमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरे ।

दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ । पश्चिम सेती ७ सय ५० मेगावाट क्षमता भएको आयोजना हो । यो आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रशारण लाइन बनाइरहेको छ । ग्रिड कम्पनीकै प्रशारण लाइनमा ह्वीलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो । पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेको छ ।

एनएचपीसीले दोधारा–बरेली चार सय केभी प्रशारण लाइनमार्फत् भारत बिजुली लैजानेछ । २०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिनेगरी सम्झौता भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस