सुन/चाँदी कारोवार

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • १२१ पटक पढिएको
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

जेठ १, काठमाडौँ । आज साताको तेस्रो दिन छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । छापावाला सुन प्रतितोला १ लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि सात रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस