घट्यो इन्धनको भाउ

आजबाट पेट्रोल र डिजेलको भाउ कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ३, बिहिबार (१ साल अघि)
  • ११८ पटक पढिएको
आजबाट पेट्रोल र डिजेलको भाउ कति ?

जेठ ३,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । घटेको मूल्य गएराति १२ बजेपछि लागु भैसकेको छ ।

हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ लिटर रहेकामा अब त्यो १ सय ७१ मा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १ सय ५९ रहेकोमा त्यो १ सय ५४ मा झरेको छ ।

भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस