दुनियाँलाई चेतावनी दिन सीले नेपालकै मञ्च किन प्रयोग गरे?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २९, बुधबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा व्यक्त गरेको विचार संसारभर छरिएको छ।

काठमाडौँबाट सीले व्यक्त गरेको भनाई यतिबेला विश्वरभका संचार माध्यममा हेडलाईन बनेका छन्।

भ्रमणको दोश्रोदिन आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो।

तिब्बत, ताइबान, हङकङ र सिनज्यान विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको चासोबारे सीले ओलीसँग चर्चा गरेका थिए।

तर, यस्तो चासो चीनका लागि असह्य हुने उनको भनाई थियो।

ओलीसँगको भेटमा सीको भनाई थियो, ‘चीनको कुनै पनि हिस्सालाई टुक्रयाउने कोसिस गर्ने जो कोहीलाई पनि धुलोपिठो बनाइनेछ। त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन्।’

विश्लेषक प्राडा लोकराज बरालले तिब्बतलाई लिएर नेपालमा अलि बढी गतिविधि होला कि भन्ने आशंकामा सीले नेपालको भूमिबाट त्यस्तो सन्देश दिएको हुनसक्ने बताए।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चीको भनाई हङकङको सन्दर्भमा आएको र अमेरिकाप्रति लक्षित भएको बताएका छन्।

चीनका लागि पूर्व राजदूत टंक कार्की भने चीन अहिले जागेको बाघ भएकाले सबैलाई दबाबमा राख्न सीले त्यस्तो अभिव्यक्ति दिएको बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस