राष्ट्रपति भण्डारी आज म्यानमार भ्रमणमा निस्कदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन २९, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

आश्विन २९,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमार जाँदै हुनुहुन्छ । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान साढे १० बजे म्यानमार जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारराजकीय भ्रमणमा जाने  राष्ट्रपति भण्डारीले म्यानमारमा समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ । भण्डारीले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ ।

भण्डारीले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ । राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुनेछ । म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस