नेकपाका सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २९, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।

सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर गरे ।

२०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

खड्काले सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस