तत्कालिन समयमा राजनीतिक पहुँचका आधारमा अनावश्यक मुद्धा दर्ता गरीयो: सांसद गुरुङको सचिवालय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ३०, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौं । तत्कालिन गृहमन्त्री, आइजीपी र एसएसपीले गरेको अपराधका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ माथि अदालतले हाजिर हुन जारी गरेको वारेन्ट पत्रमा जारी भएको बताइएको छ ।

सांसद गुरुङको सचिवालयले तत्कालिन समयमा राजनीतिक पहुँचका आधारमा अनावश्यक मुद्धा दर्ता गरेको उल्लेख गरेको छ ।

सचिवालयले अवकाश पाएका तत्कालिन एसएसपीले छविलाल बञ्जाडेले जानीजानी अपराध गरेकाे साथै गृहमन्त्री र आइजीपीले कानूनमाथि बलात्कार गरेका कारण उक्त समयमा भएको कुटपिटको घटनालाई लिएर अहिले अदालतबाट पुर्जी आएको उल्लेख गरिएको छ । सचिवालयले सांसद गुरुङले कुनै अपराध गरेको नभई राजनीतिक प्रतिसोध साध्न खोजेको आरोप लगाएको छ ।

सचिवालयले उल्लेख गरेको वास्तविकता जस्ताको तस्तै,

कोही भ्रममा नपरौं, तथ्य यो हो !

स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको हाम्रो गौरीशंकर गाउँपालिकामा दुखद घटना भयो । होनहार युवा कुलबहादुर तामाङको ज्यान गयो । तात्कालिन माओवादीका दोलखाका सवै नेताबिरुद्ध तात्कालिन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी पर्यो । तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवाहरुलाई काठमाडौंको गौशालामा कुटपिट गरेछन घटना घटेकै गाउँका युवाहरुले । त्यसबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा सांसद भन्ने पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दोलखाका माननीय सांसद पार्वत गुरुङसहितको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ । यो जानकारी पाएर म र पार्वत दाई प्रहरीमै पुगेर सोधेका थियौं, के आधारमा यस्तो अपराध गर्छ प्रहरीले । तात्कालिन एसएसपी छविलाल बञ्जाडेले भुलवस दर्ता भएछ, सरकारी वकिलको कार्यालयसँग परामर्श गरी गल्ती सच्याउँछौं, हजुरले अव चिन्ता लिनुपर्दैन भन्नुभयो । अहिले अवकाश पाउनु भएका तात्कालिन एसएसपीले जानीजानी अपराध गर्नुभएछ । गृहमन्त्री र आइजीपीले कानूनमाथि बलात्कार गर्नुभएको त्यही घटनालाई लिएर अहिले अदालतबाट पुर्जी आएको हो । माननीय पार्वत गुरुङले कुनै अपराध गरेको होइन । धेरै मित्रहरुले जानकारी मागेपछि एकमुष्ट जवाफ दिइएको हो । त्यसबेला तात्कालिन माओवादी र एमालेबीचको चरम युद्धको परिणाम हो यो । अहिले दुवै पार्टी छैन, नेकपा छ । घटना भएको दिन काठमाडौंमा हुँदै नभएको इमान्दार र जनताका असल नेताबिरुद्ध गरिएको तात्कालिन गृहमन्त्री, आइजीपी र ती एसएसपीले गरेको अपराध हो ।

सांसद गुरुङले भन्नुभयो, ‘अहिले अदालतले बयान दिनका लागि ३५ दिनभित्र आउनुस भनेर बोलाएको हो । बाहिर हल्ला भए जस्तो पक्राउ पुर्जी काटिएको हैन। यो चुनाव ताकाको बिशुद्ध राजनीतिक मुद्दा हो । यस्ता किसिमका तिकडम र प्रचारबाजीले मलाई घाटा पुर्याउदैन, उल्टो राजनीतिक फाइदा गर्छ । अदालत गएर बयान दिनेछु।’

ताजा अपडेट

खोजी गर्नुहोस