विद्युतीय मेसिनमा समस्या देखिएपछि मतपेटिका नै प्रयोग गर्ने: एनआरएनए चुनाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ३०, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतपेटिका प्रयोग हुने भएको छ। भोटिङ मेसिनमा समस्या देखिएपछि निर्वाचनमा विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको हो।

भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिनमध्ये २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान हुने जानकारी दिएको छ । ‘प्रविधिमा आएको समस्याको कारण बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले बुधबार बेलुकी सूचना निकालेर जानकारी दिएको थियो । आज १० बजेबाट मतदान सुरु हुने भनेपनि अझै केहि समय लाग्ने निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका सर्बसम्मत बनाउन छ्लफल भइरहेकाले पनि मतदान अनिश्चित बनेको हो ।

बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको बेलुकी रोकिएको थियो।

नेपालमा रहेका करिब २०० जनालाई मतदानको अधिकार दिइएको भएपनि धाँधली हुने भन्दै विरोध भएपछि उनीहरुलाई मतदाता सूचीबाट हटाइएको छ । त्यसैगरी अब निष्पक्ष र विवादरहित मतदानका लागी पासपोर्ट, भिसा र मतदाताको फ्रिगंर प्रिन्ट अनिवार्य राखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस