यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ३०, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौं । चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आएपनि स्वागत र सुरक्षाका लागि नेपाल तम्तयार रहेको जिकिर सरकारले गरेको छ ।

विश्वभरका नेतृत्वलाई नेपाल भ्रमण गराउने नीति रहेको र सगरमाथा संवादमा निमन्त्रणा गरिने समेत सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले उच्चस्तरीय भ्रमणको प्रयास गरिरहेको बताएका हुन् ।

यी हुन मन्त्रिपरिषद्का पछिल्ला निर्णय

१. व्यवसाय सञ्चालनमा सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत गरिएको छ।

२. कार्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल-बंगलादेश वणिज्य महाचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री नबराज ढकालको नेतृत्वमा १४ सदस्यीय वार्ता टोली गठन गरिएको छ।

३. बाँके जिल्ला साविक नेपालगन्ज नगरपालिका वडा न. २ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मालाई दश लाख रुपैयाँ र काभ्रे जिल्ला पॉचखाल नगरपालिका वडा न ४ बग्ने सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।

४. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको लागि उपयुक्त उम्मेदवार सिफारिश गर्न गृह मन्त्रालयका सचिव श्री प्रेम कमार राईको संयोजकत्वमा गठित सिफारिश समितिको म्याद थप गरिएको छ।

५. सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरी (CBI) को सामान समितिको म्याद २०० प्रसार २८ सम्म थप गरिएको छ।

६‌. नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामरा संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई सीमति दिइएको छ।

७. China’s Provision of Military Assistance Gratis to Nepal मा नेपालको तर्फबार हस्ताक्षर गर्न माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री इश्वर पोखरेललाई स्वीकृति दिइएको छ।

८. निम्न प्रयोजनका लागि बनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ:

क) तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाका लागि भोजपुर जिल्लाको षडानन्द नगरपालिका-१ स्थित राष्ट्रिय बन क्षेत्रको १.३७ हेक्टर जग्गा
ख) मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका लागि बेशीसहर नगरपालिका लगायतमा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रको १६ २८००० हेक्टर जग्गा
ग) भेरीगंगा नगरपालिका बस पार्क निर्माण र सञ्चालनका लागि वडा १२ मा रहेको राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जग्गा

घ) माथिल्लो छन्दी खोला माना जलविद्युत आयोजनाका लागि लम्जुङ जिल्ला दोदी गाउँपालिकामा रोको गष्ट्रिय वन क्षेत्रको 1३१ (स्टर जग्गा) अनडगा उत्खननका रागि बाराही मेरिज प्रा.लि लाई तनहुँ जिल्लाको ध्यास नगरपालिकाअन्तर्गतको सामुदायिक र राष्ट्रिय बन क्षेत्रको जग्गा

ङ) धुनहगा वाचननामा लागि प्रसमस सिमेण्ट प्रा लि लाई उदयपुर जिल्लमाकी उदयपुरगढी गाउपालिकामा रहेको राष्ट्रिय पान क्षेत्रको ४९९ हेक्टर जमा

च) पुनगा उत्खननका लागि मलितपुर जिल्लाको गोदाबारी नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.२० मिटर जग्गा

९. रोडियो नेपालको नाममा रहेको खुमलटारस्थित जग्गा रोडयो नेपालबाट माग भएबमोजिम प्रतिआना ४० लाखका दरले हुन पाउने रकम नेपाल दूरसञ्चार प्राधिकरणाने रेडियो नेपाललाई उपलक गराउने निर्णय गरिएको छ।

१०. तुलसीपुर नगर विकास समिति, पाको नाममा रोकी तुलसीपुर उपमहागरपालिका रहारमा पर्न जम्मा 0 वर्ग मिटर जगा तुलसीपुर नगर विकास समितिको निमायानुसार उच्च अदालत, तुलसीपुरलाई उपलब्ध गराउन स्वीकृति दिइएको छ।

१२‍‍. नेपाल बिशेष समाको गठन र गन्धालन सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस