एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन ३०, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका मतदान सम्पन्न भएको छ ।

बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुकी साढे पाँच बजे सकिएको हो । २५ सय मतदाता रहेकोमा झण्डै २३ सय मत खसेको अनुमान गरिएको निर्वाचन समितिका प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।

अहिले मुचुल्का उठाउने काम भैरहेको छ । बुधबार रातभरि पनि विवादका कारण निर्वाचन समितिका पदाधिकारी र उम्मेदवार तथा मतदाता सुत्न नपाएकोले बिहीबार मतगणना हुने सम्भावना न्यून रहेकोे पनि घिमिरेले बताए ।

४२ पदका लागि बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि विवादका कारण बिहीबारलाई सारिएको हो ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ सुरु भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को नवाैँ विश्व सम्मेलन बिहीबार (अाज) सकिँदैछ ।

सम्मेलनको समापन केही बेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी छ । सम्मेलनमा ८१ देशका प्रतिनिधिसहित २५ सयभन्दा धेरै सहभागी रहेको एनआरएनएले जनाएको छ । संघको अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस