‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुन रक्षामन्त्री पोखरेल चीन प्रस्थान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन ३०, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

आश्विन ३०,काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेल चीन प्रस्थान गरेका छन् । ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुन मन्त्री पोखरेल विहिवार चीन प्रस्थान गरेका हुन् । रक्षामन्त्री पोखरेललाई उक्त कार्यक्रममा विशेष अतिथीको रुपमा चीनले आमन्त्रण गरेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

उपप्रधानमन्त्री समेत रहेका पोखरेल त्यहाबाट बेइजिङ समेत जाने कार्यक्रम छ । मन्त्री पोखरेललाई रक्षासचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका बलाधिकृतरथी शरद गिरीलगायत रक्षामन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
चीनको हुवेइ प्रान्तको उहानमा हुने प्रतियोगितामा नेपाली सेना पहिलो पटक सहभागी भएको छ । उक्त प्रतियोगिता कार्तिक १ गतेबाट सुरु हुनेछ । सेनाको सहभागितलाई हौसला दिन पनि रक्षामन्त्री पोखरेल उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

नेपाली सेनाले यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागिएको औपचारिक जानकारी दिएको थियो ।

सो प्रतियोगितामा नेपाली सेनाले पनि पहिलो पटक भाग लिन लागेको छ । सेनाका महासेनानी शशीकिरण रायमाझीकाअनुसार खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मुख्य उद्देश्यका साथ अन्तर्रा्ष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेलहरु प्रर्दशन हुनेछन् । जसमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिदैंछ ।

ताजा अपडेट

खोजी गर्नुहोस