कम्युनिष्टले भन्दा राम्रो काम गर्नुस्: देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक १, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट उम्मेदवार भई चुनाव जितेर स्थानीय तहमा काम गरिराखेका प्रमुख/उपप्रमुखलाई कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन दिएका छन्।

भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुरू गरेको कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले भने, ‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ। कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्‍यो।’

कम्युनिष्टहरूले जितेका स्थानीय तहमा भन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रा काम हुनुपर्ने देउवाको भनाइ थियो। ‘जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनुपर्छ,’ देउवाले भने।

उनले कर्मचारीहरूले असहयोग गरेको पनि बताए। ‘जनताको करबाट पारिश्रमिक खाने कर्मचारीहरू यो वा त्यो कुनै पार्टीमा लागेर काम गर्न हुन्न,’ उनले भने, ‘कर्मचारीले असहयोग गरे भने हामी हिसाब राख्छौं।’

प्रशिक्षणमा देशभरका तीन सय भन्दा बढी स्थानीय तहबाट प्रतिनिधि आएका छन्।

जनता र पार्टीसँग समन्वय गरी काम गर्न निर्देशन दिन कांग्रेसले प्रशिक्षण राखेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस