जिउँदै ईटा भट्टामा हालेर हत्या गर्ने आलमको पक्षमा देउवा, भने यस्तो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक १, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको पक्षमा उभिएका छन् । उनले आलमको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्रको रुपमा समेत चित्रण गरे ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । उनले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाए । तर, उनकै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वमन्त्री तथा सांसद गगन थापाले आलमको पक्राउबारे अपराधीलाई उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् ।

हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन् । संसद सचिवालयले गत सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको थियो । रौतहट क्षेत्र नं. २ बाट निवार्चित आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस