सरकारले सहमतिको बाटो बन्द गर्दा मुलुक जटिलतातर्फ धकेलियो : शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक १, शुक्रबार (५ साल अघि)
  • ९४ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जतिसुकै कठिन परिस्थिती आए पनी सत्यको बाटो नछोड्न कार्यकर्तालाई आग्रह गरेका छन्।

आफु सत्यको बाटोमा हिडिरहेको बताउककदै डा कोइरालाले भने,‘जस्तो सुकै अप्ठ्यारो अवस्था आएपनी सतमार्गको बाटो छोड्दिन र एक ईन्च पनी डगमगाउककने छैन। यही सत्यको मार्ग नै मेरो राजनितीको लक्ष्य हो।’

शुभकामना नेपाली कांग्रेस मोरङ् क्षेत्र नम्बर (६ (ख) ले बिराटनगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई संवोधन गर्ने क्रममा डा कोइरालाले सरकारले नै सहकार्य र सहमतीको बाटो बन्द गरेकाले मुलुक जटिलता तर्फ धकेलिएको बताए।

उनले राष्ट्रियता र लोकतन्त्र बलियो बनाउनको लागि कांग्रेसले सहकार्य र सहमतीको ढोका सधै खुला राखेको पनि विश्वास दिलाए ।

कार्यक्रममा प्रदेश नम्बर १ का अर्थमन्त्री ईन्द्र आङ्बो, प्रदेश– १ का प्रहरी प्रमुख ठाकुर ज्ञवाली, अन्य राजनितीक दलका नेता लगायतको समेत सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस