‘अपराधलाई राजनीतिक रंग दिने काम बन्द गरौँ’: राप्रपा अध्यक्ष थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक २, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाडौं । जिउँदा मान्छेहरुलाई इटाभट्टामा पोलेर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताब आलमका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आलमको गिरफ्तारीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसविरुद्धको षड्यन्त्र भनेपछि उनको तिखो आलोचना भइरहेको छ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपराधका घटनालाई राजनीतिक रंग नदिन आग्रह गरेका छन् ।

‘निर्दोष शिक्षकलाई रुखमा बाँधेर हत्या गर्ने, चन्दा नदिएको कारण जनप्रतिनिधिलाई गोली हानी मार्ने र जिउँदो मान्छेलाई ईट्टा भट्टामा हालेर मार्ने कार्य अमानवीय,जघन्य र आतंककारी गतिविधि हुन्।यस्ता अपराधलाई राजनीतिक रंग दिने काम नगरौं। जतिसुकै वर्ष लागोस्,अपराधीले कदापी उन्मुक्ति पाउने छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस