एनआरएनएको नयाँ नेतृत्वलाई स्वागत गर्दै माधन नेपालले भने … समृद्धिको यात्रामा सघाउनुस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ३, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाडौं । गैर आवासिय नेपाली संघ(एनआरएन)को नव निर्वाचित नेतृत्वलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले स्वागत गरेको छ ।

नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वागत तथा बधाई ज्ञापन गरेका हुन् । आइतबार बिहान ८ बजेदेखि ९ बजेसम्म एनआरएनका नव निर्वाचित अध्यक्ष कुमार पन्त नेतृत्वको टिमलाई स्वागत तथा बधाई ज्ञापन गरिएको बरिष्ठ नेता नेपालका स्वकिय सचिव मोहन गौतमले बताए । एनआरएनको नव निर्वाचित टिमलाई पहिलो बधाई नै नेकपा विदेश विभागले दिएको हो ।

नेकपा बरिष्ठ नेता नेपालले मात्रृभूमिको विकास र समृद्धिको यात्रामा सघाउन एनआरएनहरुलाई आग्रह गरेका थिए । उनले एनआरएनहरुको लगानी सुरक्षा र प्रतिफल ग्यारेन्टी गर्न सरकार तयार रहेको समेत बताएका थिए ।

एनआरएनहरुले विदेशमा हासिल गरेको ज्ञान, शिप र पुँजीलाई मात्रृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए । उनले एनआरएनसँग सहकार्य गरेर अघि बढ्न नेकपा विदेश मामिला विभाग तयार रहेको प्रतिवद्धता समेत सुनाएका थिए । साथै एनआरएनहरुका जायज माग पुरा गराउन आफुले पहल गर्ने वचन पनि उनले दिएका थिए । कार्यक्रममा एनआरएनका नव निर्वाचित अध्यक्ष कुमार पन्तले जन्मभूमिमा लगानी बढाएर विकास र समृद्धिको यात्रामा सघाउन एनआरएन तयार रहेको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस