आलम प्रकरण : अनुसन्धानका लागि पाँच दिनकाे म्याद थप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ३, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाडौं । स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमलाई अनुसन्धानका लागि थप पाँच दिनको म्याद थप गरिएको छ ।

जिल्ला अदालत रौतहटले आलमलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले सात दिनको थप म्याद मागेको भए पनि न्यायाधीश चाणकमणि अर्यालको इजलासले पाँच दिनको म्याद थप गरेको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको बेला घरमा बम बनाइरहेका बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले गएको असोज २६ गते पक्राउ गरेको हो ।

आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनको सांसद पद हाल निलम्बनको अवस्थामा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस