राष्ट्रपति भण्डारी जापानमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक ४, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतबार राति राजधानी टोक्यो पुगेकी छन् ।

म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति १० बजे थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै जापान आइपुगेको हो ।

राष्ट्रपति भण्डारीलाई हानेदा एयरपोर्टमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली राजदूतावासका पदाधिकारीले स्वागत गरे ।

नेपाली प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् ।

जापानी सम्राट् नोरुहितोको कात्तिक ५ गते मङ्गलबार हुने राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस