माघ २४, काठमाण्डौ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्य विजयकुमार गच्छदार स्वतः निलम्बन भएको सूचना प्रकाशन भएको छ । सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले सूचना जारी गर्दै अख्तियारको पत्र अनुसार सांसद गच्छदार निलम्बन भएको जानकारी गराएका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम माघ २२ गतेदेखि सांसद गच्छदार स्वतः निलम्बन भएका सूचनामा उल्लेख छ ।