स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल लगिएको छ । शनिबार मृगौलाको डायलाइसिसको क्रममा असहज महसुश गरेका ओलीलाई आइतबार आराम गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि सोमबार बिहान ग्राण्डी अस्पताल लगिएको हो ।

मिर्गौलाको नियमित डायलाइसिस गरिरहेका प्रधानमन्त्री केपी ओलीले आइतबारका सबै कार्यक्रम स्थगित गरेर आराम गरेका थिए । गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीले शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस