माघ २९, नुवाकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार नुवाकोटको पञ्चकन्या गापा–२ कालिका माविमा भलिबल प्रतियोगिताको समापन गर्दै पौडेलले कांग्रेस नेता विजय गच्छदारलाई अख्तियारले मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘आफ्ना व्यक्तिले गरेको भ्रष्टाचारको भने ढाकछोप गर्ने गरेको छ ।’ पौडेलले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको आरोप लगाए ।