माघ २९, काठमाण्डौ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुँयाल नियुक्त भएका छन् । उनलाई बुधवार शपथ ग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले मंगलवार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । यसअघि संविधानसभा सदस्यसमेत रहेका फुँयाल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।