पार्टी निर्देशन अनुरुप कृषिमन्त्री भुसालको छोराको बिहे सम्पन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । भड्कीलो रुपमा बिबाह, ब्रतबन्ध तथा साँस्कृतिक उत्सव मनाउने बिशिष्ट ब्यक्तिहरुलाई वर्तमान कृषिमन्त्री घनश्याम भुसालले चकित पारिदिएका छन् ।

उनले छोरा र छोरी दुबैको विवाहोत्सव कार्यक्रम माघ २७ र २९ गते सम्पन्न गर्दै निकै सरल तरिकाले बिबाह सम्पन्न गरेको बताएका छन् । रिषिराम भुसालले फेसबुक वालमा स्टाटस राख्दै भनेका छन् सामाजिक सांस्कृतिक दृष्टिले केही सरलीकरण गर्ने प्रक्रियामा हाम्रा हजारौं आत्मीय मित्रहरू तथा राजनीतिक सहकर्मी महानुभावहरूलाई सम्झनामात्र गर्दै सिङ्गो कार्यक्रम पारिवारिक र निकट छरछिमेकमा सीमित गर्यौँ । यसो गर्दा कैयौं मित्रजन इष्टमित्रहरूले अलि असजिलो मान्नुभएको कुरामा हामी अवगत नै छौँ । वहाँहरूलाई लागेको असजिलोप्रति हामी विनम्र क्षमा याचना गर्दछौं ।

उनले घनश्यामका हरेक राजनैतिक अवस्थामा सँगै रहने सयौँ साथीहरु, मणिग्राम र आसपासका आत्मीय छिमेकीहरू, दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरू र उनलाइ आदर्श ठान्ने जिल्लावासीहरु सबैलाई समेटीएको बताए । उनले थपे हाम्रा सांस्कृतिक अनुष्ठानहरू बोझिला र भड्किला नबनून् भन्ने हाम्रो यो सानो प्रयास हो । यसलाई सबै मित्रहरूले आत्मीयताका साथ सकारात्मक रूपमा लिन खाग्रह समेत गरेका छन् ।

हाम्रा भाइ घनश्याम भुसाल (वर्तमान कृषिमन्त्री) का छोराछोरीको विवाहोत्सव कार्यक्रम (माघ २७ र २९ गते) लाई सामाजिक-सांस्कृतिक दृष्टिले केही सरलीकरण गर्ने प्रक्रियामा हाम्रा हजारौं अात्मीय मित्रहरू तथा राजनीतिक सहकर्मी महानुभावहरूलाई सम्झनामात्र गर्दै सिङ्गो कार्यक्रम पारिवारिक र निकट छरछिमेकमा सीमित गर्यौँ । यसो गर्दा कैयौं मित्रजन इष्टमित्रहरूले अलि असजिलो मान्नुभएको कुरामा हामी अवगत नै छौँ । वहाँहरूलाई लागेको असजिलोप्रति हामी विनम्र क्षमा याचना गर्दछौं ।
घनश्यामका हरेक राजनैतिक अवस्थामा सँगै रहने सयाैँ साथीहरु, मणिग्राम र अासपासका अात्मीय छिमेकीहरू, दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरू र उनलाइ अादर्श ठान्ने जिल्लावासीहरु हुनुहुन्छ, यस अवसरमा काेही पनि छुट्नु अप्रिय हुन्छ नै । तर पनि हाम्रा सांस्कृतिक अनुष्ठानहरू बोझिला र भड्किला नबनून् भन्ने हाम्रो यो सानो प्रयास हो । यसलाई सबै मित्रहरूले अात्मीयताका साथ सकारात्मक रूपमा लिइदिनुहुन हार्दिक निवेदन गर्दैछौं । यसलाई अन्यथा नलिइदिन समेत सादर अनुरोध गर्दछौं ।
समानमस्तु वो मनो यथा वः सुसहासति
– ऋग्वेद
(हाम्रा मनोवृत्तिहरू समान होऊन् : हामी समान लक्ष्यमा
अाबद्ध बनौँ)। अस्तु !

Image may contain: 3 people, outdoor
Image may contain: 2 people, people smiling

ताजा अपडेट

खोजी गर्नुहोस