फाल्गुण १, काठमाण्डौ । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरुका लागि UNOPS (United Nations Office for Project Services ले भारतमा २०७६ माघ २७ देखि फाल्गुण २ गते सम्म परिचयात्मक भ्रमणको आयोजना गरेको छ । दुई नगरपालिकाका मेयर÷उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका छन्।
२. भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानमा रहेका Shake Table Testing Facility, Structural Engineering Lab, Fire Lab, Technology Demonstration Lab / Rural park को अवलोकन गर्नेछन् । दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले संस्थाको भ्रमण गर्नेछन् । इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (INTACH) मा प्रतिनिधिहरुले भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै (INTACH) हेरिटेज एकेडेमीको पनि भ्रमण गर्नेछन्।
३. नुवाकोट जिल्लामा २३,०८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन ग्ल्इएक् ले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।
४. विपद् व्यवस्थापन, पुनःस्थापना तथा भूकम्प प्रतिरोध सम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्नेछ ।