स्ववियु निर्वाचन : निर्धारित समयमा नहुने रोग मौलाउँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २, काठमाण्डौ । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो ।

प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस