नेपाली कांग्रेसमा अपुर्णीय क्षति : सांसद दुर्गाप्रसाद उपाध्यायको निधन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २, काठमाण्डौ । नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । २०३१ सालमा जन्मेका उनी लामो समयदेखि बिरामी थिए । उपचारका क्रममा बिहीबार बिहान उनको निधन भएको हो । उनी प्रदेश ५ बाट राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित भएका थिए ।

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले सांसद उपाध्यायको निधन भएको जानकारी दिँदै आफू स्तब्ध भएको जनाएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रिय सभा सदस्य मा. दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ।
उपाध्यायको निधनबाट देशले नैतिकवान प्रजातान्त्रिक योद्धा,पार्टीले निष्ठावान नेता र हामीले असल मित्र गुमाउॅन पुगेका छौं।
यस शोकाकुल समयमा परिवारजनमा समवेदना र स्व- उपाध्यायप्रती श्रद्धाञ्जली ब्यक्त गर्दछु।

Image may contain: 1 person

ताजा अपडेट

खोजी गर्नुहोस