डा. शेखर कोइरालाको चेतावनी : प्रचण्डले ईतिहासमा ठूलो मुल्य चुकाउनुपर्छ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २, शुक्रबार (५ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

फागुन २,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक भएको बताएका छन् । विहीबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व। गिरिजाप्रसाद कोइरालाका बारेमा दिएको अभिव्यक्ति गैर जिम्मेवार र अराजनीतिक भएको बताएका हुन् ।

‘प्रचण्डजीले गिरिजाप्रसाद कोइरालाबारे दिनुभएको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार र अराजनीतिक छ। जसरी गिरिजाबाबुको कद घटाउॅने प्रयास गरियो त्यो अत्यन्तै निन्दनीय छ।’, नेता कोइरालाले भने, ‘ प्रचण्डजी अझै द्वन्द्वकालीन मुद्दाबाट डराइरहनु भएको र यसबाट उन्मुक्ति पाउन यस्तो बोलेको जस्तो देखिन्छ।’

नेता कोइरालाले आफू पनि १२ बुँदे सहमतिमा सहभागी भएको जनाउँदै स्व. गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग कहिले पनी त्यस्तो कुरा नगरेको बताए ।

उनले ऐतिहाँसिक व्यक्तित्वको छविमाथी जसरी हिलो छ्याप्ने प्रयास गरियो यसबाट प्रचण्डले ईतिहासमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाउने गरेको अभिव्यक्ति दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस