राष्ट्रियसभाका सांसदको शपथ फागुन २१ गते हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १७, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
राष्ट्रियसभाका सांसदको शपथ फागुन २१ गते हुने

फागुन १७, काठमाण्डौँ । नवनिर्वाचित राष्ट्रियसभाका सांसदको शपथ ग्रहण कार्यक्रम आगामी फागुन २१ गते सोमवार हुने भएको छ ।
शपथ कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान सो दिन ११ः३० बजे हुने तय भएको हो ।

उक्त दिन शपथ हुने भएकाले उपस्थितिका लागि राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई संघीय संसद् सचिवालयले अनुरोध गरेको छ ।
‘राष्ट्रियसभा सदस्य निर्वाचन २०८० बमोजिम निर्वाचित सदस्यहरूको शपथको कार्यक्रम फागुन २१ गते सोमवार बिहान ११ः३० बजे ल्होत्से हलमा हुने भएकाले भएकोले उपस्थितिको लागि निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी ल्याउन पनि संसद् सचिवालयले अनुरोध गरेको छ । राष्ट्रियसभाको निर्वाचन गत माघ ११ गते बिहीवार सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस