कांग्रेस पदाधिकारी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १७, बिहिबार (१ साल अघि)
  • १४ पटक पढिएको
कांग्रेस पदाधिकारी बैठक बस्दै

फागुन १७, काठमाण्डौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । फागुन २९ गते हुँदै गरेको राष्ट्रियसभा अध्यक्षको चुनाव, महासमिति बैठकपछिको परिस्थितिसहितका विषयमा छलफल गर्न देउवाले आफ्नै निवास बूढानीलकण्ठमा उपसभापति र महामन्त्रीद्वयलाई बोलाएको जानकारी कांग्रेस स्रोतले दियो ।

‘राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिक आइरहेको छ । यसमा हाम्रो र नेकपा माओवादी केन्द्र दुवै दलको दाबेदारी देखिएको छ,’ स्रोतले भन्यो, ‘माओवादीको दाबी देखिँदै गर्दा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सभापतिले बैठक बोलाएको जानकारी पाएका छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस