‘बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राज्यकै नाममा आउँछ’ : गृहमन्त्री श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १९, शनिबार (१ साल अघि)
  • १२ पटक पढिएको
‘बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राज्यकै नाममा आउँछ’ : गृहमन्त्री श्रेष्ठ

फागुन १९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन् ।

शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्रीसँग समृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताए ।

बाँसबारी जुत्ता कारखानाले सरकारी जग्गा हडपेको प्रकरणमा व्यत्तिगत रुपमा कसैलाई केही नभन्ने उल्लेख गरेका उनले कारखानाले हडपेको जग्गा सरकारको नाममा ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

‘बाँसबारीको जुत्ता कारखानाको प्रकरण हामीले कारबाहीको रुपमा प्रकृया अगाडि बढाएका छौं । र त्यो मालपोतद्वारा त्यो जग्गा राज्यकै नाममा आउने कुरामा म विश्वस्त छु’ गृहमन्त्री श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस