प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ७, सोमबार (१ साल अघि)
  • ११४ पटक पढिएको
प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

जेठ ७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीले एमालेसँगको सत्ता गठबन्धन निर्माण गरेपछि दोस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

यसअघि १५७ मत पाएका उनले उक्त मत कायम राखेका छन् । सोमबारको विश्वासको मतमा कुल १५८ सांसदले भाग लिएका थिए ।

तीमध्ये १५७ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पाइएको छ। सत्ता गठवन्धनभित्र रहेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र एमालेका वसन्त नेम्वाङ अनुपस्थित भए ।

एमालेकै सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका क्रममा निलम्बनमा रहेका छन् ।

जसमा नेकपा एमाले ७६, माओवादी ३२,रास्वपा २१, एकीकृत समाजवादी ९, अशोक राई ७, नाउपा ३ जनमत ६, प्रभु साह १,अमरेशकुमार सिंह १,योगेन्द्र मण्डल १ गरी जम्मा १५७ मत दाहालको पक्षमा रह्यो । जसमा दिन्न भन्नेमा १ मत रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस