प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ८, मंगलबार (१ साल अघि)
  • १०६ पटक पढिएको
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

जेठ ८, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।
यस्तै सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ । त्यसपछि सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने तालिका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस