जेठ ८, काठमाण्डौँ ।
नेपाली युवा आन्दोलनको मुल प्रवाह, लाखौं युवाहरुको लोकप्रिय संगठन राष्ट्रिय युवा संघ नेपालको आफ्नो ऐतिहासिक मुल्य मान्यता सहितको गौरव पुर्ण इतिहास रहेको छ । मिति २०८० साल माघ १२ गते राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीको ११ औं अधिवेशन संघका जिल्ला अध्यक्ष पान वहादुर जि सीको अध्यक्षतामा, पार्टीका पोलिटव्युरो सदस्य तथा युवा इन्चार्च, संघका पुर्व अध्यक्ष कमरेड महेश वस्नेतको प्रमुख आतिथ्यतामा, संघका केन्द्रिय अध्यक्ष कमरेड क्षितिज थेवे, पार्टीका केन्द्रिय कमिटीका सदस्य तथा संघका पुर्व अध्यक्ष कमरेड राजिव पहारी, के स कमरेड भिम कार्की, राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष कमरेड रमेश तिवारी, कमरेड महाराजा गुरुङ्ग, पुर्व उपाध्यक्ष कमरेड माधव वास्तोला, महासचिव कमरेड सुमन पुरी, नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष कमरेड मन वहादुर गुरुङ्ग लगायत सम्पुर्ण पदाधिकारी कमरेडहरु संघका गण्डकी प्रदेशका इन्चार्ज कमरेड अर्जुन पौडेल, सह–ईन्चार्ज कमरेडहरु क मदन गिरी र सुवास सापकोटा, केन्द्रिय कमिटी सदस्य कमरेड मदन भण्डारी, केन्द्रिय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कमरेड विक्रम गुरुङ्ग, गण्डकी प्रदेशका संयोजक कमरेड विकास अधिकारी, प्रदेश कमिटीका सदस्य कमरेडहरु संघका पुर्व जिल्ला अध्यक्ष कमरेडहरु लगाएतको उपस्थितिमा उद्घाटन सत्र समापन गरी वन्द सत्र शुरु गर्ने क्रममा अराजक पार्टी नेता तथा संघका केहि व्यक्तिले अध्यक्ष मण्डल वैठक वसिरहेको स्थल तोडफोड गर्दै आक्रमण उत्रिए पछि स्थगित गरिएको वन्द सत्र जुन ठाँउवाट स्थगित भयो सोहि ठाँउवाट शुरु नगरी हामी जस्ता सयौं प्रतिनिधिहरुको राजनैतिक भविस्य माथि खेलवाड गर्दै मिति २०८१ जेष्ठ ५ गतेको कुनै पत्र संख्या तथा चलानी नं. उल्लेख नगरीएको केन्द्रिय कमिटीको लेटरप्याड र छाप प्रयोग गरी, विषय निर्देशन जारी गरिएको वारे भन्ने फरक फरक मितिका फरक फरक पत्रमा संघका महासचिव कमरेड सुमन पुरीले फरक फरक दस्तखत गरी हामीसंग कुनै राय सल्लाह नगरी केन्द्रीय पदाधिकारी वैठकको निर्णय भनि एक जना गैह्र प्रतिनिधि सहित ९ जनाको सम्मेलन आयोजक कमिटी भनि पठाएको निर्देशन सामाजिक सञ्जाल मार्फत थाहा भयो यस प्रति गहिरो दःुख व्यक्त गदै ११ औं जिल्ला अधिवेशनवाट नेतृत्व चयन गर्नका लागि सहज वातावरण नवनाई हाम्रो संगठनको विधानमा यसवारे कहि कतै नखुलाएकाले हाम्रो पार्टी नेकपा (एमाले) को विधानको धारा ३६ को उपधारा ५ मा प्रस्ट रुपमा भनिएको छ “पार्टीको अधिवेशनवाट नँया कमिटी निर्वाचन भई सपथ ग्रहण गरेपछि पुरानो कमिटी स्वंत विघठन हुनेछ” यसकारण जनवर्गिय संगठनको विधान वाजिए वा नखुलेमा पार्टीको विधान स्वत लागु हुने हुदाँ यहि कमिटी हुदाँ हुदै उक्त निर्देशनले समानान्तर कमिटी वनाएको कारण संगठनमा विचलन आउने देखिन्छ । यस कारण संगठनको विधि विधानलाई स्थापित गराउन पार्टीको माथिल्लो कमिटी तथा माग पुरा नभएमा सम्मानित अदालत समेत जाने भन्ने निर्णय आज वसेको सचिवालय वैठकले सर्वसम्मत गरेको निर्णय अनुसार मातहतका कमिटीलाई उक्त समानान्तर कमिटीका कुनै पनि भेला वैठकमा नजान निर्देशन गरिन्छ । साथै स्थगित अधिवेशन यथाशिग्र सुचारु गर्न माग गदै केहि नेताको व्यक्तिगत फाइदाको आधारमा आएको यस्तो निर्देशन मान्य नहुने जानकारी गराउदछौं ।