फाल्गुण २८, काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिनयुक्त नुन अभाव नहुने बताएको छ । नुन बिक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले जस्तोकुकै विपत आइपरे पनि नुनको अभाव नहुने प्रस्त पारेको छ ।
भूकम्प, नाकाबन्दीमा समेत नुनको अभाव हुन नदिएको र अहिले पनि दस महिनालाई पुग्ने नुन रहेको भन्दै साल्ट ट्रेडिङले तोकिएकै मूल्यमा नेपाल भर पाउन सकिने जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले करिब एक लाख ३२ हजार टन आयोडिनयुक्त नुन गोदाममा, २२ टन मार्गमा गरी एकलाख ५५ हजार टन नुन मौज्दात रहेको जनाएको छ ।