फाल्गुण ३०, काठमाडौं । कोरोना भाइरस संक्रमणको त्राससँगै बजारमा मौलाउँदै गएको कालोबजारीप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी गर्नेको पहिचान गर्न सूक्ष्म अनुसन्धान टोली बनाएको छ । काठमाडौं उपत्यकालगायत देशका महत्वपूर्ण सहरमा कोरोना भाइरस संक्रमणको हल्लासँगै दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने क्रम बढेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले केही ठूला व्यापारीको मिलेमतोमा कालोबजारी भएको देखिएकाले कालोबजारी गर्नेविरुद्ध सूक्ष्म अनुसन्धान थालिएको जानकारी दिए ।