अन्तर्राष्ट्रिय उडान गर्ने दुई स्वदेशी एयरलाइन्स कम्पनीमाथि संकट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाडौं । अन्तर्राष्ट्रिय उडान गर्ने दुई स्वदेशी एयरलाइन्स कम्पनीमाथि संकट उत्पन्न हुने भएको छ । सरकारले कोरोना जोखिम न्यूनीकरणमा लागि भन्दै पर्यटक भिसा र कामदारको श्रम स्वीकृत स्थगन गर्ने निर्णयसँगै दुई वटै एयरलाइन्समाथि आर्थिक संकट उत्पन्न हुने अवस्था आएको हो । यसैपनि दुई वटै स्वदेशी एयरलाइन्स कम्पनी आर्थिक संकटबाट ग्रुजिरहेका थिए ।

नेपाल एयरलाइन्सले गत वर्ष मात्रै २ अर्ब रुपैयाँ रुपैयाँ घाटा व्यहोरेको थियो । विस्तारै दुई वटा वाइडबडी जहाज उडानलाई प्रभावकारी बनाउन थालेको निगमलाई कोरोना अर्को आर्थिक संकट उत्पन्न गराउने कारक बनेको छ । निगमले अहिले भारत, जापान, कतार, दुबई, मलेसिया र हङकङमा उडान गरिरहेको छ ।

यस्तो अवस्थामा पर्यटन भिसा र कामदार श्रम स्वीकृत बन्द गर्ने निर्णयसँगै उडान बन्द गर्नुपर्ने अवस्था आउने सक्ने निगम सञ्चालक बोर्डका एक सदस्यले नेपाल लाइभसँग भने । केही दिन अगाडिबाटै मात्रै जापानको नारितामा उडान सुरु गरेको नेपाल एयरलाइन्सलाई आर्थिक भार थपिएको ती सदस्यले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस