अरनिको राजमार्ग

अरनिको राजमार्ग फेरि अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २६, बुधबार (११ महिना अघि)
  • ११७ पटक पढिएको
अरनिको राजमार्ग फेरि अवरुद्ध

|अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दै । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई बर्षदेखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । गत चैतमा निर्माण एवं स्तरोन्नतीको समयावधि सकिएपनि म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो । तस्बिर ः राजकुमार पराजुली÷रासस

असार २६, काठमाण्डौँ । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए ।

#अरनिको राजमार्ग

ताजा अपडेट

खोजी गर्नुहोस