नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालमा पहिरोमा परेर दुई यात्रु बस बगे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (१० महिना अघि)
  • ७१७ पटक पढिएको
नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालमा पहिरोमा परेर दुई यात्रु बस बगे

असार २८,काठमाडौँ । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रु बहाक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रु बसमा पहिरोबाट झरेको ढुंगाले लागेर बसका चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।

सिमलतालमा दुईवटा बस पहरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । सो बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केको र उनीहरूका अनुसार सो बसमा ३० जना रहेको बताइएको छ । बिहान साँढे ३ बजे सो घटना घटेको प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी रहेको छ । प्रहरी घटनास्थलतर्फ गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस